मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

१२ औं शेरबहादुर सेन्चुरी अन्तरविद्यालय टी–२० क्रिकेट मंसिर १२ देखि, ३० विद्यालय सहभागी हुने

Ujyalosandeshonline 11474+ समाचार ( )
१० मंगशिर २०८२, बुधवार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा '१२औं स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता' यही मंसिर १२ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने भएको छ । पर्वत ज्वेलर्सका संचालक विमल सेन्चुरीको मुख्य प्रायोजनमा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा रुपन्देहीका ३० वटा विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार यस वर्ष गत वर्षभन्दा ६ वटा विद्यालयको सहभागिता बढेको छ भने कक्षा १० सम्मका खेलाडीहरूले खेलमा भाग लिन पाउनेछन् ।

प्रतियोगिताको विजेता टोलीले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, म्यान अफ द सिरिजलाई १० हजार, उत्कृष्ट बलर र ब्याटरलाई ५–५ हजार तथा म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको यो प्रतियोगिताले विद्यालय स्तरबाटै लुकेका प्रतिभाहरूलाई उजागर गर्न र नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार