मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विधिमा नबाँधिए पार्टी सुदृढ हुँदैन : रवीन्द्र मिश्र

Ujyalosandeshonline 11005+ समाचार ( )
६ माघ २०८०, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विधिमा नबाँधिइ पार्टीलाई सुदृढ बनाउन नसकिने बताएका छन् । राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ को शनिबार भएको क्षेत्रीय भेलामा उनले पार्टीका एजेन्डा जनतालाई बुझाउन सक्नुपर्ने बताए । 

‘चुनाव जित्नको लागि र देशभर यो संगठन फैलाउनको लागि युवा शक्तिको आवश्यकता छ,’ उनले भने, ‘हामी सशक्त रुपमा आन्दोलन गर्न र हाम्रो एजेण्डा कुनै पनि हालतमा स्थापित गर्ने दृढताका साथ अगाडि बढेका छौं । हामी यो देशको व्यवस्था उल्टाउन आन्दोलनमा जाँदैछौ । हामी यो व्यवस्था उल्टाउन योग्य छौं भनेर जनतालाई विश्वास दिलाउन आवश्यक छ । यस्तो विषयलाई पार्टीले गम्भीरतापूर्वक हेर्न जरुरी छ ।’ 

राप्रपालाई विधिमा नबाँधे मुलुकको नम्बर एक पार्टी बन्न नसक्ने उनले बताए । ‘विधिमा बसेपछि मात्रै यसले हरेक समस्यालाई वैधानिक हिसाबमा समाधान गर्न सक्छ,’ उनले भने, ‘हामीले चाहेको एजेण्डा स्थापित गरेर पहिलो पार्टी बन्न सकेनौ भने, आन्दोलनमा ढाल्न सकेनौ भने सबै डुब्ने हो ।’ 

राप्रपाले विभिन्न माग राखेर आन्दोलनमा उत्रिने घोषणा गरिसकेको छ । उक्त सन्दर्भमा उनले आन्दोलन सशक्त बनाउन आफूहरु विधिमा चल्नु अनिवार्य भएको बताए । ‘यो चार वटा पार्टीले गाँजेर राखेरको संविधान उल्टाउन लागेका छौं भने हाम्रो आत्मविश्वास पनि त्यहीअनुसारको बलियो हुनुपर्छ,’ उनले भने, ‘यो व्यवस्था ढाल्ने हो भने मात्रै हाम्रो सन्तानको भविष्य यो देशमा हुन्छ ।’कार्यक्रममा राप्रपाका नेता विक्रम पाण्डेले पार्टीलाई मागिखाने भाँडोका रुपमा प्रयोग गर्न नहुने उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार