मुख्य समाचार
पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न |

मर्चवार क्षेत्रमा ८५ जना लिए बन्ध्याकरण सेवा पुरुषको संख्या शुन्य

जैसमोहम्मद खान 73+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

मर्चवार । रुपन्देहीको घुम्ती बन्धयाकरण शिविर अन्तरर्गत मर्चवारबाट ८५ जना सेवा लिएका छन् । मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिकामा सम्पन्न भएको उक्त बन्ध्याकरण सेवा लिनेमा पुरुष संख्या शुन्य देखिएको छ । 

सम्बन्धीत स्थानीय तहको आयोजना स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय र सुनौलो परिवार नेपाल (मेरीस्टोप्स)को प्राविधिक सहयोगमा रुपन्देही जिल्लाको हरेक स्थानीय तहमा संचालन हुने शिविरको मर्चवारबाट सुरु भएको छ ।

पौष १८ र १९ गते सम्मरीमाई ५ स्थित रोइनिहवा स्वास्थ्य चौकीमा सम्पन्न उक्त शिविरमा ३८ जना महिलाहरुले बन्ध्याकरण सेवा लिएकी सम्मरीमाई गाउँपलिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए । यो शिविरमा महिला तथा पुरुष दुबैले बन्ध्याकरण गराउने हो तर महिलाले मात्र बन्ध्याकरण गराएकी स्वास्थ्य शाखा प्रमुख माझीले जानकारी दिएका छन् । 

यसैगरी पौष २१ र २२ गते आधारभूत स्वास्थ्य केन्द्र मर्चवारी ५ महुवारीमा सम्पन्न बन्ध्याकरण शिविरमा २६ जना महिलाहरु बन्ध्याकरण सेवा लिएका मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले बताए ।  

सोही क्रममा पौष २४ गते मझगावाँ स्वास्थ्य चौकी कोटहीमाई ५ बेनीनगरमा सम्पन्न बन्ध्याकरण शिविरमा २१ जना महिलाहरुले बन्ध्याकरण सेवा लिएकी कोटहीमाई गाउँपालिका स्वास्थ्यश शाखा प्रमुख रामनेवास यादवले जानकारी दिएका छन् । 

बन्ध्याकरण महिला र पुरष दुबैको लागि भएपनि महिलाहरुले मात्र गराउनुपर्ने गलत धारणले बन्ध्याकरण गराउने पुरुषको संख्या शुन्य रहेको इन्द्रेणी ग्रामिण विकास केन्द्र फेयर मेड की फिल्ड सुपरवाइजर कबिता पाण्डेयले बताइन् । सन्तानको चाहना पुरा भएको दम्पत्तीमा महिला वा पुरुष जोकेही बन्ध्याकरण गराएपनि हुने उनले बताएन । तर नियमति महिनवारीमा बढी रगत बगाउनुपर्ने डर र चेतनाको कमीले महिलाहरु मात्र बन्ध्याकरण गराउने परिपाटी रहेको फिल्ड सुपरवाइजर पाण्डेयले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार