मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ माघ २०८१, शनिबार

रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले जितेको छ । खेलमा मन्थली माविले सबैभन्दा धेरै पदक जितेर उपाधि प्राप्त गरेको हो । बुधबारबाट सुरु भएको खेलमा मन्थली माविले ३१ स्वर्ण, २५ रजत, १५ कांस्यसहित ७१ वटा पदक जितेर प्रथम भएको  मन्थली नरपालिका खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझीले जानकारी दिए । 

२० वटा माध्यमिक विद्यालयले भाग लिएको प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको छ  ।तामाकोशी बोर्डिङ स्कुलले  १७ स्वर्ण १२ रजत, १८ कांस्य गरी ४७ वटा पदक  जितेको छ । यसैगरी ६ स्वर्ण, ८ रजत, ६ कांस्यसहित २० पदक जित्दै कर्कला देवी बोर्डिङ स्कुल (केब्स) आकाशेले तेस्रो भएको छ । प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ७ कांस्यसहित १४ पदक जितेर निलकण्ठेश्वर माविले चौथो स्थान प्राप्त गरेको छ । 

प्रतियोगितामा ६ वटा विधाका ६६ स्वर्ण, रजत र कांस्य पदकका लागि ६ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराँते र ऐथ्लेटिक्स खेल समावेश गरिएको थियो । 

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेको खेलका विजेता खेलाडीहरूलाई नगर प्रमुख श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल माझी लगायतले शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, यस्तै, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १५ हजार प्राप्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार