मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा कपिलवस्तुका तीनवटै क्षेत्रमा उम्मेदवार सिफारिस

Ujyalosandeshonline 12441+ समाचार ( )
१२ पौष २०८२, शनिबार

कपिलवस्तु । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले कपिलवस्तु जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला अध्यक्ष कैलाश अग्रहरीको संयोजकत्वमा आज बसेको जिल्ला बैठकले निर्वाचन क्षेत्र नम्बर १, २ र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

पार्टीका केन्द्रीय सहमहासचिव रविदत्त मिश्रले दिनुभएको जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ चिन्नीलाल विश्वकर्मा र मोहम्मद अली मुसलमानको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ अब्दुल अजीज मुसलमानको नाम छनोट गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ जामवन्ति मुज, श्रीराम माली र दिलिप कुमार चौधरीको नाम सिफारिस गरिएको छ। सोही क्षेत्रको समानुपातिकतर्फ मधेशी कोटामा जिल्ला अध्यक्ष कैलाश प्रसाद अग्रहरी र सुमन चौधरी तथा मुस्लिम तर्फबाट नाजिया खानको नाम अगाडि सारिएको छ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ केन्द्रीय सहमहासचिव रविदत्त मिश्रसहित हिरा लाल यादव र शिव कुमार कोलापुरीको नाम सिफारिस भएको छ। यस क्षेत्रको समानुपातिकतर्फ सुरेश कुमार जायसवाल, खस आर्यबाट सीता खनाल, लवकुश मिश्रा र मुस्लिम तर्फबाट इनतजार खाँको नाम सर्वसम्मत सिफारिस गरिएको नेता मिश्रले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार