मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

पर्यटक आकर्षित गर्न गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव

Ujyalosandeshonline 11474+ समाचार ( )
६ अशोज २०८२, सोमबार

सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । गुठिचौर गाउँपालिकाले आयोजना गरेको महोत्सव गुठिचौर पाटनमा सञ्चालन गरिएको छ । जुम्लाको पर्यटकीय सम्भावना उजागर गर्न आयोजना गरिएको महोत्सवले यहाको पर्यटकीय सम्भावनालाई मुलुकभर चिनाउने छ ।

महोत्सव उद्घाटन गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले साहसिक पर्यटनको नक्सामा राख्ने गुठिचौरलाई राख्ने अवसर भएको बताए । पर्यटकले आकाशबाट स्याउ बगान, हरियाली बन, हिमश्रृङ्खला र स्थानीय गाउँघरको मनमोहक दृश्य हेर्ने पाउने उनले बताए । 

असोज ११ सम्म सञ्चालन हुने प्याराग्लाइडिङ महोत्सवमा पोखरा, स्याङ्जा र सुर्खेतका गरेर १२ जना चालक गुठिचौर आइपुगेका छन् । अघिल्लो बर्ष दुई सय ३४ उडान भरिएको महोत्सवमा वर्ष दुई सय ५० भन्दा धेरै उडान भर्ने लक्ष्य लिईएको अध्यक्ष बुढाले बताए । “प्याराग्लाइडिङ महोत्सवमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान भरिने छ“ उनले भने । 

प्याराग्लाईडिङका लागि स्थानीयलाई तीन हजार पाँच सय रुपैयाँ र पालिका बाहिरका पर्यटकका लागि चार हजार पाँच सय रूपैया निर्धारण गरिएको छ । महोत्सवले गाउँपालिकाको पर्यटन बिकासका लागि महत्वपूर्ण योगदान पुर्याउने गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी)ले बताईन् कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने सुनौलो अवसर भएको उनको भनाई छ ।

“महोत्सवले साहसिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता विस्तार र गाउँपालिकाको आर्थिक गतिविधिमा प्रत्यक्ष टेवा पु¥याउने अपेक्षा गरिएको छ“ उनले भनिन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढाले पर्यटनमैत्री गन्तव्यको रूपमा अघि बढ्न लागेको र जुम्लाको पहिचान बदल्ने सम्भावना बोकेको बताईन् । ‘स्याउको रस, हिमालको दृश्य, र आकाशको छातीमा उड्ने साहसिकता उडानको मज्जा एकैसाथ लिन सकिने महोत्सवले कर्णालीको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने छ’ उनले भनिन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार