मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

जसपा नेपालले आज आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन गर्दै

Ujyalosandeshonline 11004+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले  ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ ।

बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आज उद्घाटन गर्न लागेका छन् ।

काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा मध्यान्ह १२ः३० बजे चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ हुनेछ ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगन्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

कोसी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।  

त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगन्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ ।

भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगन्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।

गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । जसपा नेपालको केन्द्रीय समितिको बैठकले सबै केन्द्रीय सदस्यहरूलाई पालिकामा सङ्गठन निर्माणका लागि खटाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार