मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रुपन्देहीको अहिरौलीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले लागुऔषध सहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको मायादेवी गाउँपालिका-१ अहिरौलीका ३५ वर्षीय राजेश कोहार र २६ वर्षीय गोविन्द लोध रहेको प्रहरीले जनाएको छ।

अहिरौलीमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ परेकाहरुको साथबाट २० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ । जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार