मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुट्केसमा फेला परेको शवको पहिचान खुल्यो

Ujyalosandeshonline 12431+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रौतहट । रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेको शवको पहिचान खुलेको छ । माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ । 

सुटकेस भित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) राजु कार्कीले बताए ।

उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् । आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार भारतमा नै बस्दै आएको स्थानीयले बताएका छन् । 

रुवीको एक छोरा छन् । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ । यस विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय  रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार