मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय शिक्षा समिति

Ujyalosandeshonline 11005+ समाचार ( )
१ अशोज २०८१, मङ्गलबार

बुटवल । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्व विद्यालय को अध्ययनमा आएको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरुको अध्ययन गरेको छ । २०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको छ ।

सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीयस्तरदेखि अन्तर्राष्ट्यि पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवद्र्धनमा सरकारले नै काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्यि क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसंग रहेको भन्दै उहाँले आफूहरुले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने बताए ।

विश्वविद्यालयहरु पठनपाठनमा केन्द्रीत नभएर अनुसन्धानमा केन्द्रि हुनुपर्ने सुझाव उहाँको थियो । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उहाँले बताउनुभयो ।

समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्ती भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उहाँले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने बताउनुभयो ।

त्यस्तै अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्यि पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो । देशका प्रधानमन्त्रीहरु अन्तर्राष्ट्यि फोरमहरुमा जादा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवद्र्धन गर्नुपर्ने उहाँले बताउनुभयो ।

बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्मात्रै नभई विश्वसमुदाय नै लुम्बिनी आउन लालाहित भएको भन्दै त्यसलाई उपयोग गर्ने दायित्व सरकार र विश्वविद्यालयको रहेको उहाँले बताउनुभयो ।त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडी बढाएको परियोजना  कार्यान्वयन मा समितिले सघाउने बताउँदै समुदायलाई जोड्ेर जान सुझाव दिनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुआत गरेको जानकारी गराउनुभयो । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उहाँले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजि भइरहेको बताउनुभयो । 

चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्हरुबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रष्टमार्फत दान संकलन गरिने बताउनुभयो । विश्व विद्यालय का रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रीत रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ती गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम शुरुआत भएको बताउनुभयो ।

देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने उहाँले बताउनुभयो । उहाँले विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । संसदीय समितिले बुटवलको सिट क्याम्पसको स्थलगत अध्ययन गरेको थियो । समितिसंग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्र्तक्रिया कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार