मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

काठमाडौं । दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु भएको छ । धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ ।  

यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घण्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए । उनी धर्नामा छन् । उनी स्वतन्त्र निजामती कर्मचारी अभियानको संयोजक पनि हुन् । 

२०८१ चैत्र १७ गते  ११ बजेदेखि  ४ बजेसम्म गेटमा धर्ना बसेर विरोध कार्यक्रम सुरु भएको हो । पटक पटक मागपत्र बुझाए पनि सम्वोधन नभएका कारण धर्ना गर्नुपरेको उनको भनाई छ । 

धर्नाकारीले नेपालको निजामती प्रशासनमा भएका विकृति अन्त्यको माग गरेका छन् । धर्नाकारीले सामान्य प्रशासन,शहरी विकास ,भूमि व्यवस्था र गृह मन्त्रालयमा  हुने तीन महिने र लेनदेने सरुवाको विरोध गरौँ भनेका छन् । 

साथै, सामुहिक सौदावाजीका लागि तीनै तहमा प्रत्यक्ष निर्वाचित हुने निजामति कर्मचारीहरूको एकमात्र आधिकारिक ट्रेड युनियन कायम गर्नुपर्ने माग छ ।   

पैसा उठाएर गरिने सरुवा बन्द गर्न माग गरिएको  छ  । कर्मचारीलाई अतिरिक्त र बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्य भ्रष्टाचार भएकाले त्यो कार्य बन्द गर्न माग गरिएको छ ।  

कर्मचारी मैत्री संघीय निजामति सेवा ऐन तुरुन्त जारी गर्न भनिएको छ  ।  स्थानीय तहका कर्मचारीहरू माथिको विभेदहरूको अन्त्य गर्न माग गरिएको छ । कुनैपनि  निर्णय कार्यन्वयन गर्ने कर्मचारीहरूको हकमा  गल्ती नभए सम्मान  दिनुपर्ने माग छ ।  गल्ती भए फासी दे भनेर माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार