मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

"जनताको हितमा कानुन बन्छ, शंका नगर्नुस्"

Ujyalosandeshonline 12437+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे । 

उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।’

त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए । 

यो बहुविवाह सम्बन्धित व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गरी यसलाई संसोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए ।उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार