मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डाक्टर अन्सारी नियुक्त

Ujyalosandeshonline 11474+ समाचार ( )
१४ पौष २०८०, शनिबार

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारी नियुक्त भएका छन् ।

कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णय अनुसार प्रबन्ध निर्देशकमा प्राध्यापक डाक्टर अन्सारीलाई नियुक्त गरिएको हो ।

बिरगञ्जको नेशनल मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा. अन्सारी नेपाल मेडिकल कलेजका समेत सञ्चालक सदस्य हुन् ।

नवनियुक्त प्रबन्ध निर्देशक डा. अन्सारीलाई शुक्रबार कलेजका अध्यक्ष डा. भोला रिजाल, बोर्ड अफ डाइरेक्टरहरू डा. आनन्दप्रसाद श्रेष्ठ, डा. साविहा यासमिन, सहजबाज अन्सारी, प्रिन्सिपल प्रा।डा। प्रमोदकुमार क्षेत्री, भाइस–प्रिन्सिपल डा। सृष्टि श्रेष्ठ, अस्पताल निर्देशकद्वय डा।राजेश किशोर श्रेष्ठ, प्रा।डा। मोदनाथ मरहट्ठा, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायतले स्वागत गरे ।

नवनियुक्त प्रबन्ध निर्देशक प्रा. डा. अन्सारीले पदभार ग्रहण गर्दै नेपाल मेडिकल कलेजलाई नयाँ उचाईमा लैजाने बताउँदै त्यसका लागि सबैले आ–आफ्नो पदीय दायित्व अनुसार कर्तव्य पुरा गर्नुपर्ने बताए ।

कलेजमा रहेका समस्या र चुनौतिहरुलाई सामुहिक एकताबाट हल गर्दै स्वास्थ्य सेवा र मेडिकल शिक्षाको विकास, विस्तारमा आफु २४ सै घण्टा लागिपर्ने बताउँदै कलेजको स्तरवृद्धिमा सबैको सकारात्मक पहल र भूमिका खेल्न आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार