मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

पाल्पाको रामपुरमा 'जेष्ठ नागरिक स्कुल' सञ्चालनमा, ज्ञान र सीप नयाँ पुस्तालाई हस्तान्तरण गरिने

Ujyalosandeshonline 11474+ समाचार ( )
२४ मंगशिर २०८२, बुधवार

पाल्पा, रामपुर । पाल्पाको रामपुर नगरपालिकाले वडा नं. ५ स्थित पवित्र धार्मिक स्थल रामघाट धाममा ‘जेष्ठ नागरिक स्कुल’ सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नगर प्रमुख रमण बहादुर थापाले उक्त स्कुलको औपचारिक शुभारम्भ गर्नुभएको हो । स्कुलको उद्घाटन गर्दै नगर प्रमुख थापाले जेष्ठ नागरिकहरूलाई सम्मानसहितको सक्रिय जीवन बिताउने वातावरण सिर्जना गर्न स्कुल सञ्चालन गरिएको बताउनुभयो। उहाँले जेष्ठ नागरिकहरूको ज्ञान, अनुभव र परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यो प्रयास थालिएको जानकारी दिनुभयो ।

स्कुलमा जेष्ठ नागरिकहरूले धार्मिक प्रवचन सुन्नुका साथै फुर्सदको समयमा बत्ती काट्ने, दुना-टपरी बनाउने जस्ता सीपमूलक काम गर्नेछन् । उत्पादित सामग्रीको बजारीकरणको जिम्मा नगरपालिकाले लिने प्रमुख थापाले बताउनुभयो । करिब एक करोडको लागतमा निर्माण भएको यस स्कुलमा आवास, दिवा खाजा (चमेनागृह), स्वास्थ्य जाँच, सन्ध्या आरती र भजनकीर्तनको व्यवस्था गरिएको स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । साथै, स्कुल परिसरमा परम्परागत ढिँकी र जाँतो समेत राखिएको छ ।

कार्यक्रममा विशेष आकर्षणका रूपमा रहनुभएका योगी डा. विकाशानन्दले सकारात्मक सोच र जीवनको अर्थबारे प्रवचन दिनुभएको थियो । कार्यक्रममा बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, विभिन्न दलका प्रतिनिधि तथा समाजसेवीहरूले शुभकामना मन्तव्य राखेका थिए । नगर उपप्रमुख बालकुमारी थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभारम्भको अवसरमा जेष्ठ नागरिकहरूलाई आउन-जानका लागि निःशुल्क बस सेवाको समेत व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार