मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

सडक खाना महोत्सवको उद्घाटन
पर्यटनमैत्री वातावरण निर्माण गर्छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटनमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारले सबै प्रकारको भूमिका निर्वाह गर्ने बताउनु भएको छ । सिद्धार्थ होटल एशोसियसनको आयोजनामा भैरहवामा सुरु भएको सडक खाना महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटनमैत्री वातावरण बनाउन नीजि क्षेत्र संग सहकार्य गर्ने बताउनु भएको हो ।

‘लुम्बिनीको समृद्धिको आधार कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई मानेका छौं । सोही आधारमा लुम्बिनीको विकासको लागी पर्यटनमैत्री वातावरण बनाउने जिम्मेवारी तपाई हामी सबैको हो’उहाँले भन्नुभयो,‘स्वेदशी तथा विदेशी पर्यटकलाई लुम्बिनीमा भित्र्याउन सबैले पहल गरौं । त्यसका लागि सरकार सहकार्य गर्न तयार छ ।’ पर्यटनमैत्री वातावरण निर्माणका लागि सरकारले आफ्नो भूमिका बढाइसकेको जानकारी दिनुभयो ।

भारतीय पर्यटकहरुलाई सहज आवागमनको लागि नेपाल–भारत सिमा क्षेत्रमा एकिकृत जाँचको व्यवस्था मिलाउनेगरी काम अघि बढेको स्पष्ट पार्नु भयो ।‘भारतीय पर्यटक नेपाल आउन थाल्नु भएको छ । तर, उहाँहरुलाई सुरक्षा जाँचको नाममा अनावश्यक दुःख दिने गरेको गुनासो आएपछी मैले यस बारेमा सुरक्षा समितिको बैठकमा बिशेष कुरा उठाएँ । अव एकिकृत जाँच गरेर सहज वातावरण मिलाउनेगरी काम अघि बढेको छ’उहाँले भन्नुभयो,‘रुपन्देही जिल्लामा सुरु भएको यस प्रकारको कामलाई बाँकि जिल्लाहरुको सिमानामा पनि सुरु हुन्छ । प्रदेशले कर्मचारी खटाउछ ।’

यस्तै मुख्यमन्त्री आचार्यले भैरहवाको अन्तराष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु गर्ने सम्वन्धमा उच्च स्तरीय पहल भएको र त्यसले निकास दिने विश्वास व्यक्त गर्नु भयो ।‘यो विमानस्थल चलाउन माथिल्लो स्तरमा पहल भएको छ । सम्माननीय प्रधानमन्त्रीलाई भेटेर गम्भिर रुपमा विमानस्थलको कुरा उठाएका छौं’उहाँले भन्नुभयो,‘केहि समय भित्र सुखद खबरहरु पाउनेछौं ।’ 

लुम्बिनी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न नीजि क्षेत्र संग प्रदेश सरकारले सहकार्य गर्ने स्पष्ट पार्नु भयो । सडक खाना महोत्सवले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको विश्वास मुख्यमन्त्री आचार्यको छ । लुम्बिनी प्रदेशका १२ जिल्लालाई जोड्नेगरी पर्यटन सर्किट बनाउने र लुम्बिनी आउने पर्यटकलाई धेरै दिन भुल्ने वातावरण निर्माण गर्नेगरी काम अघि बढेको जानकारी दिनुभयो । महोत्सव उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने लगायतले सम्वोधन गर्नु भएको थियो । 

विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ होटल एशोसियसनले सडक खाना महोत्सव २०८१ आयोजना गरेको हो । नेपाली रैथाने खानाको स्वाद स्वदेशी तथा विदेशी पर्यटकलाई चखाउने, नेपाली रैथाने खानालाई ब्राण्डिङ्ग गर्ने उद्देश्यले सडक खाना महोत्सव आयोजना गरिएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । भैरहवाको देवकोटा चोकदेखि हाटबजारसम्म दुई दिनसम्म सडकमै खाने र राष्ट्रिय कलाकारहरुसँग रमाउने गरी कार्यक्रम आयोजना गरिएको छ । महोत्सवमा विभिन्न तारे होटलका खानाका परिकार छुटसहित पस्किने व्यवस्था मिलाइएको छ । 

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, स्थानीय पालिकासहित विभिन्न संघ–संस्थासँग सहकार्य गरी दुई दिनसम्म ‘भैरहवा फूड फेस्टिबल तथा म्यूजिकल नाइट–२०८१’ आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन गरी सिथिल रहेको पर्यटन क्षेत्रलाई उकास्न महोत्सव फलदायी हुने विश्वास गरिएको छ ।  महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटक अधिक मात्रामा आउने अपेक्षा गरिएको छ । थरिथरिका स्तरीय होटलका स्वाद लिन पाउने भएकाले ५० हजार हाराहारी पर्यटक महोत्सवमा रमाउन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार