मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रौतहट आगोलागी : दुई करोड मुल्य बराबरको क्षती

Ujyalosandeshonline 11005+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

रौतहट । रौतहटको छुट्टाछुटै स्थानमा गएराती भएको आगोलागीमा करीब दुई करोड मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगोलागीमा एक करोड ७६ लाख बराबरको क्षती पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगोलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भै आगोलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षती पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षती पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानियबासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको  सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।

यसैगरि गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्चि घरमा आगोलागी भएको प्रहरीले जनाएको छ  । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर , मोबिल, हावाभर्ने टंकी लगायत गरि १४ लाख  बराबरको क्षती पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । सो घरमा रहेको नस्ता पसलमा पनि आगोलागीबाट क्षती पुगेको छ ।

घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । दुबै आगोलागीका घटनामा मानवीय र पशु चौपयमा क्षती नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार