मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिकसहित तिन जना पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं । मानव वेचविखन तथा ओसार पसार मुद्दामा विदेशी नागरिक सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा सरु बिक र भगवती अधिकारी रहेको प्रहरीले जनाएको छ ।

१४ वर्षिया एक बालिकालाई “तिमी दुख पाउने केटी रहेछौँ, हामीहरुले चाईनिज नागरीकलाई चिनेका छौँ, तिमीले उसँग विवाह गर्यो भने तिम्रो भविश्य बन्छ भनि विभिन्न किसिमबाट ललाई फकाई गरि मानव वेचविखन गरेको प्रहरीको भनाइ छ । 

विश्वास दिलाई चाइनिज नागरिकबाट आर्थिक लाभ लिई साउन १३ गते विवाह गराई कास्कीको पोखरा महानगपालिका वडा नं. ६ लेकसाईड स्थित स्ट्रिट नम्बर ५ मा रहेको होटल मिराकलमा बन्धक बनाई राखेको अवस्थामा उद्दार गरिएको हो ।

पीडितको आमाले पीडितलाई बेचविखन गर्ने उद्देश्यले ललाई फकाई प्रलोभनमा पारी विवाहको नाटक गरी होटल कोठामा लगी बन्धक बनाई राखेका हुँदा कारवाही गरी पाँउ भनी मानव वेचविखन तथा ओसार पसार कसूरमा साउन २९ गते कास्की कार्यालयमा जाहेरी दरखास्त पेश गरेकोले तत्काल प्रहरी कार्यालय कास्कीबाट अनुसन्धान टोली खटिई गई १ जना विदेशी नागरिक सहित ३ जनालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रकिृया अगाडी बढाईएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार