मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया दिलिसरादेवी सोमै, ४० वर्षीया सीतादेवी पुलामी, ३९ वर्षीया झविसरा पुलामी र ४९ वर्षीया पुतलीदेवी नेपाली  छन् ।

सरूमारानी गाउँपालिका–४ ओखरडाँडा बस्ने ३० वर्षीया हरिकला बुढाथोकीले छोरा  जन्माएकी थिइन । अवैध सम्बन्धबाट शिशु जन्माएको भन्दै उनलाई २०६३ असोज ९ गते हुमीकुमारीदेवी सारू, दिलिसरादेवी सोमै र हिमीकुमारी राना समेतले कुटपिट गरेका थिए । गम्भीर घाइते हरिकलाको तत्कालीन बुटवल अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनापछि अभियुक्तहरु फरार सूचीमा थिए । जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अभियुक्तमध्ये हिमीकुमारी रानाको मृत्यु भइसकेको समेत खुल्न आएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालत प्यूठानमा उपस्थित गराएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार