मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

भाषण गरेर होइन, काम गरेर देखाउँछुः सभापति देउवा

Ujyalosandeshonline 11011+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशबाट पार्टी बलियो बनाउने उद्घोष गरेका छन् ।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इङ्गित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए ।

‘कम बोल्ने काम बढी गर्नेछु, हरौँ के हुन्छ’, देउवाले भने । उनले गौतमबुद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे। कार्यक्रममै केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले टिकट वितरणमा गुटबन्दी भएको बताएकोमा कटाक्ष गर्दै देउवाले भाषणभन्दा काम गर्न आग्रह गरे ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै मन्तव्य सकाए । देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना भनेर मन्तव्य छोट्याएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार