मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

मुख्यमन्त्री सिंहद्वारा हैजा नियन्त्रणका लागि अविलम्ब खट्न निर्देशन

Ujyalosandeshonline 11009+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

जनकपुरधाम । मलेसिया भ्रमणमा रहनुभएका मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्यूले पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमणपछि उपचार तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने निर्देशन दिनुभएको छ।

संक्रमण नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालय तथा स्थानीय स्वास्थ्य कार्यालयहरूलाई सक्रिय रूपमा काम गर्न उहाँले आग्रह गर्नुभएको छ। साथै वीरगंजस्थित नारायणी अस्पतालसहित अन्य सबै अस्पताललाई संक्रमित बिरामीको उपचारमा सक्रिय रहन निर्देशन दिनुभएको छ।

मुख्यमन्त्रीज्यूले  संक्रमण देखिएको क्षेत्रमा तत्काल आवश्यक उपचार सेवा उपलब्ध गराउन र थप फैलिन नदिन स्वास्थ्य तथा प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई पनि परिचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाइ निर्देशन दिनुभएको छ ।

उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत श्री सन्तोषकुमार ठाकुरलाई विशेष जिम्मेवारीसहित वीरगंज पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार