मुख्य समाचार
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज |

रुपन्देही–३ मा ‘रैथाने’ को हुँकार : गुप्ताद्वारा उम्मेदवारी घोषणा, स्थापित दललाई टक्कर दिने संकेत

Ujyalosandeshonline 12438+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राजनीतिक दलहरूलाई चुनौती दिदै भैरहवाका युवा उद्योगी अजय कुमार गुप्ताले प्रतिनिधि सभा सदस्य पदमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘अबको नेतृत्व रैथाने युवाको’ भन्ने सशक्त नारासहित चुनावी मैदानमा होमिएका गुप्ताले परम्परागत राजनीतिक शक्तिलाई सिधा टक्कर दिने संकेत गरेका हुन् ।

सांसद् दीपक बोहराको निधनपछि रिक्त रहेको यस क्षेत्रमा निर्वाचन आयोगले कार्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थनगर नगरपालिका–३ निवासी गुप्ताले आफू यहीको माटोमा जन्मेको र हुर्केको ‘रैथाने’ भएकोले यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे ।

“भैरहवामै जन्मिएँ, यहीँ हुर्किएँ, यही माटोसँग मेरो गहिरो माया छ । यही मायाले मलाई राजनीतिमा आउन प्रेरित गरेको हो,”गुप्ताले भने । उनले विशेष गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुनुमा राजनीतिक दलहरूको चरम वेवास्ता र इच्छाशक्तिको कमीलाई दोषी ठह¥याए । विमानस्थल सञ्चालन, पर्यटन प्रवद्र्धन, उद्योग, कृषि, शिक्षा र रोजगारीलाई आफ्नो मुख्य एजेण्डा बनाएका गुप्ताको उम्मेदवारीले उपनिर्वाचन थप रोचक बन्ने देखिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार