मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।

भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् ।  पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइएको छ । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ ।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ । एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ ।  एयर इन्डियाले आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार