मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

रामेछापमा अनलाइन प्रणाली मार्फत नागरिकताको शिफारिस सुरु, मन्थली–८ ले सुरु गर्यो पहिलो सेवा

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ पौष २०८१, आइतबार

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली नागरिकता प्रमाणत्रको अनलाइन शिफारिस लिन सुरु गरेको छ । कार्यालयले आइतबारबाट मन्थली नगरपालिका–८ चिसापानीबाट सो सिफारिस सुरु गरेको हो ।

नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप सो कार्य सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । 

गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरुबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको उनले बताए । 

मन्थली नगरपालिका–८ का विवेक खत्रीले वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस भइ आइतबार पहिलो नागरिकता प्राप्त गरेका छन् । अब क्रमश सबै स्थानीय तहका वडाहरुबाट सोही प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य सुरु हुने पनि उनले जानकारी  दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार