मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

Ujyalosandeshonline 11005+ समाचार ( )
५ कार्तिक २०८२, बुधवार

सुन्दरकुमार थकाली / रासस

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको  रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ ।

चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ । हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६५७  चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँचपास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताउनुभयो । 

कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ । यसैगरी, हालसम्म कोरला नाका हुँदै चीनबाट पैठारी गरिएका एक हजार ४९८ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो ।

यहाँको नेपाल–चीन उत्तरी कोरला नाकालाई भन्सार विभागले तातोपानी नाका र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याएको थियो । यसैबीच, भन्सार विभागले यहाँको कोरला नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन प्रणाली भन्सार आशिकुडा प्रणालीमा जोडेको छ । विभागले नाकालाई पूर्ण रुपमा व्यापारिक आयात निर्यातलाई सहज तुल्याउन भन्सार प्रतितपत्र (एलसी) खोल्न अनुमति दिएको थियो ।

नाका पूर्ण रुपमा सञ्चालनमा आए पनि बाह्रै महिना यहाँको नाकाबाट आयातनिर्यात गर्न चिसो र उच्च भूगोलका कारण चुनौती हुने भन्सार प्रमुख खड्काले बताउनुभयो । कोरला नाका ४६१० मिटरको अग्लो उचाइमा रहेकाले ढुवानीका साधन चिसोले इन्धन जमेर स्टार्ड नहुने र धकेलेर तल झार्नुपर्ने बाध्यता रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कोरला नाकालाई बाह्रै महिना एकैनासले सञ्चालन गर्न सडकका अवस्थामा सुधार र कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्सार प्रमुख खड्काले औँल्याउनुभयो ।

यसअघि यहाँको कोरला नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै घरायसी मालसामान किनमेल गर्न चीन पक्षले बाह्रै महिना खुला गरिएको थियो । त्यसबेला चीनले तामझामका साथ उपल्लो मुस्ताङका नागरिकका लागि नाका बाह्रै महिना खुला भएको सन्देश दिएको थियो । कोरलाबाट नेचुङ–लिजीसम्म जान जिल्ला प्रशासन कार्यालयले दिएको सीमापार पास देखाएर मुस्ताङका नागरिक चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार