मुख्य समाचार
लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत | मनाङको चामेमा थुनिएको मरस्याङ्दी नदी | निर्माण गरेको दुई वर्षमै पुल जोखिममा |

पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित

Ujyalosandeshonline 12430+ समाचार ( )
७ माघ २०८१, सोमबार

पर्सा । पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् । 

जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनिहरुले बिगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।

गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्नपनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथ राज यादवले बताए । उनका अनुसार विद्यालयमा ताला लगाएर चाबी  प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझइएको छ ।

बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी,स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरुले  तलबभत्ता नपाएको बुझिएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताए । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उनले जानकारी दिए । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्यन गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार