मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री कार्की

Ujyalosandeshonline 11005+ समाचार ( )
५ कार्तिक २०८२, बुधवार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।

नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा  नेपाल संवत् न्हूदँ संरक्षण समाजले आज वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित  निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ । परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौँ । निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा मौन बसेका छौँ भन्ने होइन ।”

उहाँले नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि वर्तमान सरकारमाथि रहेको बताउँदै यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरुबाट काम अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले भ्रष्टाचार अन्त्यसहित सुशासन र निर्वाचनका पक्षमा  जुटेको सरकारलाई नागरिक समाजको साथ सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले समाजमा आपसी सद्भाव र एकता कायम गर्दै लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गर्नका लागि पनि सबैसँग आह्वान गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो,“भ्रष्टाचार अन्त्यसहित विधिको शासन कायम गरी प्रतिनिधिसभाको निर्वाचन गराइ मुलुकलाई राजनीतिक निकास दिने मुल जिम्मेवारीका साथ अघि बढिरहेको वर्तमान सरकारलाई सबै राजनीतिक दल, नागरिक समाज, आमनेपाली जनताका तर्फबाट साथ, सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार