मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पूर्वराजा ज्ञानेन्द्र शाह हेटौंडा आउँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
३ माघ २०८०, बुधवार

मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार वाग्मतीको प्रदेश राजधानी हेटौंडा आउने भएका छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि उनी आउने भएका हुन् ।  

रिपोर्टस क्लब मकवानपुरको समन्वयमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वराजाको भ्रमण तालिकाको  जानकारी दिइएको हो । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । 

उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर जानेछन् । शुभेच्छुकसँग उनले सोही दिन हेटौंडा रिसोर्टमा भेटघाट गरेर सोही काठमाडौं फर्किने कार्यतालिका रहेको राप्रापा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए ।

मकवानपुर–१ बाट प्रतिनिधि सभा सदस्य तथा संसद्को पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले माघ ७ गते हुने कार्यक्रमका लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार