मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घट्यो

Ujyalosandeshonline 11005+ समाचार ( )
२ जेठ २०८१, बुधवार

काठमाडौं । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 

निगमले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।

नयाँ दरअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १७८ रुपैयाँबाट १७१ भएको छ भने सुर्खेत र दाङमा प्रति लिटर १७७ बाट १७० भएको छ । यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १७५ रुपैयाँ ५० पैसाबाट १६८ रुपैयाँ ५० पैसा भएको निगमले जनाएको छ । 

यस्तै डिजल र मट्टितेल काठमाडौं, पोखरा र दिपायलमा १५९ बाट १५४ रुपैयाँ भएको छ । सुर्खेत र दाङमा प्रति लिटर १५८ बाट  १५३ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५६ रुपैयाँ ५० पैसाबाट १५१ रुपैयाँ ५० पैसा भएको छ । इन्डियन आयल कर्पोरेसनले १५÷१५ दिनमा पठाउने मूल्यसूचीका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार