मुख्य समाचार
रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने | मन्त्रिपरिषद् बैठकको निर्णय : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन | लुम्बिनी प्रदेश सभा बैठक : दलित अधिकारसम्बन्धी विधेयक पारित | गोरु गाडमा गहुँ लैजाँदै किसान |

बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल

Ujyalosandeshonline 11040+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले बालबालिका तथा युवाहरूका समस्या समाधान र उनीहरूको सुरक्षित भविष्यका लागि प्रहरीले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच डीआईजी रानाले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका र युवाहरूले भोग्नुपरिरहेका समसामयिक चुनौतीहरूका बारेमा गहन छलफल गर्नुभएको हो।

छलफलका क्रममा नगर बाल सञ्जालका प्रतिनिधिहरूले बालबालिका र युवावर्गमा बढ्दो लागूऔषध दुर्व्यसन, साइबर अपराध, बालविवाह र सुरक्षाका क्षेत्रमा देखिएका विभिन्न चुनौतीहरूबारे डीआईजी रानाको ध्यानाकर्षण गराएका थिए। उनीहरूले समाजमा बालबालिकाहरू असुरक्षित महसुस गर्ने परिस्थितिहरूको अन्त्यका लागि प्रहरी प्रशासनबाट हुनुपर्ने सुधार र विशेष निगरानीका विषयमा समेत आफ्ना सुझावहरू राखेका थिए। बालबालिकाको विकासका लागि प्रहरी र नागरिक समाजबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका थिए।

सो अवसरमा बोल्दै डीआईजी रानाले बालबालिका र युवाहरू राष्ट्रको भविष्य भएकाले उनीहरूलाई सही मार्गनिर्देशन दिन र सुरक्षित वातावरण प्रदान गर्नु प्रहरीको प्राथमिकता रहेको बताउनुभयो। उहाँले बालबालिकाका समस्याहरूलाई प्रहरीले गम्भीरतापूर्वक लिने उल्लेख गर्दै आगामी दिनमा नगर बाल सञ्जालसँगको सहकार्यलाई अझ मजबुत बनाइने आश्वासन दिनुभयो। बाल अधिकारको संरक्षण र उनीहरूमाथि हुने हिंसा न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालयले विशेष योजनाका साथ सहजीकरण गर्ने उहाँको भनाइ थियो।

प्रदेश प्रहरी प्रमुखले बालबालिकाहरूका समस्या बुझ्न र उनीहरूका सुझावलाई कार्यान्वयनको तहमा लैजान यस्ता छलफलहरू निकै फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी बालबालिका तथा युवा प्रतिनिधिहरूले प्रदेश प्रहरीको उच्च नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रहरीले गर्ने सहयोग र समन्वयले आफूहरूलाई थप सुरक्षित र उत्साहित बनाउने धारणा राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार