मुख्य समाचार
‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग | रास्वपा केन्द्रीय समितिको बैठक बस्दै | गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो |

'म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश': अर्घाखाँचीका किसान तुल्सीरामको अभियान

अनिल नेपाली 141+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ का एक प्रगतिशील किसान तुल्सीराम अधिकारीले कृषि कर्मबाट आर्जन गरेको एक लाख एक सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

'फेरि देशमा यस्तो नहोस्, म बनाउँछु मेरो सिंहदरबार, म बनाउँछु मेरो देश, हामी बनाउँछौँ हाम्रो नेपाल' भन्ने उच्च भावनाका साथ अधिकारीले उक्त रकम कोषमा जम्मा गरेको बताए । उनले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । सिंहदरबारमा आगलागी हुँदा आफ्नो आस्था पनि जलेको महसुस भएको भन्दै अधिकारीले अब सबै मिलेर देशलाई जुरुक्क उठाउनुपर्ने र सबैले सकेको सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले किसान अधिकारीको यस सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कृषि आम्दानीबाट आएको यो रकम देशको पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा व्यक्त गरे। रकम जम्मा गरेपछि अधिकारीले भौचर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार