मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राजनीतिक प्रणाली र सोचमा गहिरो समस्या छ : बाबुराम भट्टराई

Ujyalosandeshonline 11540+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए ।

उनले भने, ‘विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार जानु जरुरी छ । अहिले विश्वभर विचारको खडेरी छ, र यो हाम्रो मुल समस्या हो । संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ । त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ । हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ ।’

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित उपलब्धिहरूको उपभोग जनतासम्म पु¥याउन नसकिएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘संविधानमा प्रगतिका कुरा लेखिएको छ तर ती जनताले भोग्न पाएका छैनन् । संविधानको उपभोग बनाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो प्रश्न मैंले आफैंलाई गरेको हुँ । तर मेरो आत्मसमीक्षाले अरूलाई डरलाग्छ होला । संसद्मा निरन्तर रही काम गरिरहेकाले यो प्रश्न गर्न मलाई अधिकार छ ।’

शर्माले पछिल्लो समय संसद् प्रणालीप्रति पनि निराशा व्यक्त गरे । ‘अहिले त संसद्मा कानुन नै चोरी हुने अवस्था देखिन्छ । संसद्मा आइएछ, तर केका लागि भन्ने लाग्न थालेको छ । यो सायद अनुभवको थकान वा व्यवस्थाप्रति बढ्दो असन्तुष्टि पनि हुन सक्छ,’ उनले थपे । कार्यक्रममा लेखक प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली राजनीतिको रूपान्तरणबारे विविध धारणा व्यक्त गरिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार