मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |
मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |


साई ग्लोबल कपः न्यु होराइजन र बुटवल कालिकाको सानदार जित

Ujyalosandeshonline 11474+ समाचार ( )
१७ पौष २०८१, बुधवार

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन (ए) र बुटवल कालिका क्याम्पसले सानदार जित निकालेका छन् । प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा न्यु होराइजनले लुम्बिनी इन्सिच्युट अफ टेक्निकल साइन्सलाई ७ विकेट र बुटवल कालिकाले बुटवल बहुमुखी क्याम्पसलाई १ सय ५५ रनले पराजित गर्दै रवाफिलो जित हात पारेका हुन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी इन्सिच्युटले निर्धारित २० ओभरमा १६ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ७५ रन मात्रै बनायो । उसका लागि मिथलेश यादवले ४५ र तुषार चौहानले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजन (ए)का प्रिन्स पालले ४, राहुल नाउले ३, अमर मिश्राले २ तथा निरज घिमिरेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु होराइजनले ७ ओभर १ बलमा ३ विकेटको नोक्सानीमा ७९ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा मनिष तिवारीले अविजित २१, संगम पाण्डेले २०, अमर मिश्राले १५ र सिद्धार्थ ढकालले नटआउट १२ रनको योगदान गरे । बलिङमा लुम्बिनी इन्सिच्युटका प्रवेज आलमले २ तथा तुषार चौहानले १ विकेट लिए । खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित खेलमा ३ विकेटको नोक्सानीमा १ सय ८८ रनको विशाल लक्ष्य खडा गर्यो । उसका लागि रन्जित खड्काले ७४ र प्रज्वल थापाले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, विवश खातीले नटआउट १३ रन बनाए । बलिङमा बुटवल बहुमुखीका प्रदीप भण्डारीले २ तथा युवराज सुवेदीले १ विकेट लिए ।

प्रतिउत्तरमा बुटवल बहुमुखी ८ ओभर ३ बलमा अलआउट हुँदै जम्मा ३३ रन मात्रै बनायो र लज्जास्पद हार व्यहोर्यो । उसका लागि युवराज सेनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा बुटवल कालिकाका विपिन भट्टराईले २ ओभर ३ बलमा १ मेर्डनसहित ६ रन खर्चेर ७ विकेट लिए । यस्तै, अभिषेक गौतम र कमल जैशीले १–१ विकेट लिए । खेलमा विपिन भट्टराई प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार