मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

लुम्बिनी पर्यटनको धनी प्रदेश हो : नेता कोइराला

Ujyalosandeshonline 11005+ समाचार ( )
१२ वैशाख २०८२, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लुम्बिनी प्रदेश सरकारलाई पर्यटनमुखी बजेट निर्माण गर्न सुझाव दिएका छन् । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसंग काठमाडौँमा शुक्रबार भएको भेटका क्रममा नेता डा. कोइरालाले पर्यटन विकासबाट मात्रै प्रदेश समृद्ध बन्न सक्ने भन्दै आगामी बजेटमा पर्यटनको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका हुन् । 

लुम्बिनी प्रदेश पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै नेता डा. कोइरालाले यो सम्भावनालाई प्रदेशको आर्थिक विकास संग जोड्नु पर्ने बताए । ‘लुम्बिनी प्रदेश पर्यटन क्षेत्रका हिसावले धनी प्रदेश हो,’डा. कोइरालाको भनाई उदृत गर्दै मन्त्री न्यौपानेले भने ‘प्रदेशको पर्यटकीय थलोहरुको प्रवर्धन गरेर आर्थिक लाभ लिने ठाउँ प्रशस्न छन्, फलतः आगामी बजेटमा पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गरिनुपर्छ ।’ 

पर्यटन सर्किट निर्माण गरेर बाह्य पर्यटकहरुलाई लुम्बिनीमा आकर्षित गर्न सकिने भन्दै नेता कोइरालाले लुम्बिनीका पर्यटकीय थलोहरुको प्रचारप्रसार संगै पर्यटकीय पूर्वाधार निर्माणको कामलाई समेत जोड दिनु पर्ने सुझाव दिए । भेटमा मन्त्री न्यौपानेले आगामी बजेटमा मन्त्रालयले पर्यटन विकासलाई प्राथमिकतामा राख्ने भन्दै नीति तथा कार्यक्रममा यो बिषयलाई प्रमुखताका साथ उल्लेख गरिने बताए । 

‘लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि अहिले भइरहेका कामलाई बढोत्तरी दिनेगरि कार्यक्रम बनाइने छ,’मन्त्री न्यौपानेले भने ‘प्रदेशको समृद्धिसंग जोडिएको बिषय पर्यटन क्षेत्रको विकासलाई सरकारले गम्भिरताका साथ हेरेको छ ।’  उद्योग, पर्यटन तथा यातायात मन्त्रालय आफ्नो नीति तथा कार्यक्रम निर्माणमा जुटेको छ । मन्त्रालयले पर्यटन विकासलाई केन्द्रमा राखेर आफ्नो कार्यक्रम बनाउने तयारी गरेको छ । 

यसैगरि नेता डा. कोइरालाले नागरिकलाई प्रदेशको अनुभुती दिलाउने गरि मन्त्रीहरुले काम गर्नु पर्ने सझाव दिए । प्रदेशको औचित्य छ भन्ने देखाउनै पर्ने भन्दै उनले नागरिकका सरोकारका बिषयमा सरकार बढि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । 

‘प्रदेशको औचित्य छ भन्ने देखाउनु पर्ने छ, यसका लागि बोलेर हैन, काम गरेर देखाउनु पर्छ,’नेता कोइरालाले भने ‘नागरिकका सरोकारका बिषयमा प्रदेशतहका हरेक जनप्रतिनिधि प्रत्यक्ष रुपमा सकृयता पूर्वक जोडिनुपर्छ ।’शुक्रबार भएको भेटमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल पनि सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार