मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

प्रतापपुरमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु

सितमती हरिजन 24+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

नवलपरासी , प्रतापपुर । प्रतापपुर गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सुरु गरेको छ। प्रतापपुर स्वास्थ्य चौकी, बेलटारीमा एक कार्यक्रमका बीच भिडियो एक्सरे मेसिन हस्तान्तरण गरी सेवाको उद्घाटन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उपाध्यक्ष मानकुमारी चौधरीले अब स्थानीय गर्भवती महिलाहरूले भिडियो एक्सरे सेवाका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो। उहाँले आफ्नै गाउँपालिकामा यो सेवा उपलब्ध हुँदा गर्भवती महिलाहरूले गर्भको अवस्थाबारे समयमै जानकारी पाउने र यसले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकार नागरिकको स्वास्थ्य अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो। उहाँले सन् २०२१/२२ मा मातृ मृत्युदर, शिशु मृत्युदर र कुपोषणजस्ता समस्याहरू बढी देखिएकाले गर्भवती महिलाहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो कार्यक्रम ल्याइएको उल्लेख गर्नुभयो। मन्त्री सारुले गर्भवती महिलाको गर्भ जाँच र पारिवारिक अवस्थाको निगरानी गरी आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

यो निःशुल्क भिडियो एक्सरे सेवाले विशेषगरी गर्भमा नै बच्चाको अवस्था असामान्य हुने वा मृत हुनेजस्ता समस्याबाट पीडित महिलाहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले यसअघि पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीकी भगवती यादव, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली, प्रतापपुर गाउँपालिकाका वडा अध्यक्षहरू, स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्यकर्मी तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार