मर्चवार । तौहीद मानव परोपकार सेवा संघद्वारा विपन्न परिवारलाई खद्यान्न वितरण गरिएको छ । संघले मर्चवारी गाउँपालिका–५ स्थित ओडवलियामा १ सय परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो।
रमजान महिनाको अवसरमा चामल, चिउरा, तेल, मसला आदि वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए । संघले गरीब परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष चुरिहारले जानकारी दिए । उनले भने–‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाइ हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो । आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो ।’