मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

राष्ट्रपति पञ्चकोट महायज्ञमा, जलसम्पदाको संरक्षणमा जोड

Ujyalosandeshonline 11005+ समाचार ( )
१० फाल्गुन २०८०, बिहीबार

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धीधाम पञ्चकोटमा बुधबारदेखि शुरु भएको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ कार्यक्रममा विहीबार बिहान सरिक भएका छन् ।

राष्ट्रपति पौडेलले महायज्ञअन्तर्गत पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको एक समारोहका बीच समुदघाटन गरे । विश्वमा शान्तिको सन्देश दिने अभिप्रायले देशदर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको जनाइएको छ । उनले यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त गरे ।

सो अवसरमा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका नदीहरु पवित्र रहेको र महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने बताए । मानव सभ्यताका लागि पानी अर्थात जलको महत्वपूर्ण भूमिका भएको भन्दै पानीका श्रोत संरक्षणमा उनले जोड दिए ।

राष्ट्र शान्ति, राष्ट्र उन्नति नेपालको जल र प्रकृतिको संरक्षणबाटै संभव छ, नदी सभ्यता जोगाएर धार्मिक पर्यटनमार्फत मुलुकको आर्थिक विकास गर्न सकिन्छ, विशेषत कालीगण्डकी नदीको सभ्यता र जलको संरक्षणमा ध्यान दिनु आवश्यक छ’, उनले भने ।

धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको उनले उल्लेख गरे ।’ धौलागिरि क्षेत्र तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वरधामसंगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालग्राम संग्रहालय आएको थिए, महायज्ञले धार्मिक प्रसार, जल संम्पदा, शालग्राम जोगाउन योगदान पुग्नेछ’ उनले भने ।

पञ्चकोटका संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा सुरु भएको महायज्ञको मुक्तिनाथदेखि नवलपरासीको त्रिवेणीधामसम्मका एकसय आठ कन्याबाट महायज्ञ शुभारम्भ गरिएको हो । पञ्चकोटलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्येश्यले आयोजित महायज्ञ यही फागुन २३ गतेसम्म चल्नेछ ।

महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जनाइएको छ । विभिन्न संघ संस्थाको सहयोगमा महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार