मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मेरो बारेमा आजबाटै अनुसन्धान गर्नुहोस : लामिछाने

Ujyalosandeshonline 11005+ समाचार ( )
३१ असार २०८१, आइतबार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्री भएकै कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् ।

आइतबार मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूमाथि पनि विभिन्न विषयमा प्रश्नहरु उठिरहेको भन्दै मन्त्री भएको कारणले अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट न्यायाधीससँग गहन अध्ययन अनुसन्धान थाल्न आग्रह गरेका हुन् । 

उनले भने, ‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, हिजो पनि उठेका हुन् । यहाँहरू सबै साक्षी हुनुहुन्छ । मैंले आफ्ना विषयमा आजसम्म यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन । न कसैको सरुवा गर्नुस् भनेको छु, न मैंले मेरो फाइल कुनै माध्यमबाट कुनै मन्त्रालय पठाएको छु । तरपनि मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट न्यायधीससँग गहन अध्ययन अनुसन्धान गर्नुस् । गल्ती गरेको जोकोही होस् बच्नु हुँदैन् ।’ 

उनले निर्मला पन्तको हत्यारा पत्ता लागाउन अनुसन्धानको एकदमै नजिक पुगेको पनि जानकारी दिए । उनले भने,‘निर्मला पन्तको विषयमा नजिक पुगेका छौं । एकदमै नजिक बारम्बार प्रश्न आयो तर कहिल्यै भनिन् । किनकी रिजल्ट आएपछि मात्रै भन्ने भनेर तर सुरक्षा निकायलाई राम्रोसँग थाहा छ । मलाई क्रेडिट चाहिँदैन् । सबै क्रेडिट नेतालाई र  प्रहरीलाई जाओस् । कुनै नेता र मन्त्रीले नपाओस्, नेपाल प्रहरी सक्षम छ ।’

गृहमन्त्री लामिछानेले जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको दाबी गरे । उनले आफूले प्राप्त गरेको सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै आफ्नो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भने नभएको बताए । 

उनले भने,‘जिबी राईको विषयमा पनि दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइसकेको छ ।  केही कानूनी जटिलताहरू भएका छन् । जटिलता पूरा गरेर आउने गृहमन्त्रीले पूरा गर्नुहोस । त्यो श्रेय नेपाल प्रहरीले प्राप्त गरोस् ।

म त्यसका लागि आफूसँग भएको सूचना जतिबेला पनि उपलब्ध गराउँछु । मेरो कार्यकालमा हुन नसकेपनि हुनै नसक्ने भन्ने होइन ।’गृहमन्त्री लामिछानेले अव आफू प्रतिपक्षमा जिम्मेवारका साथ प्रस्तुत हुने भन्दै आफूले सम्हालेको मन्त्रालय बाहिर बसे पनि २४ सै घण्टा रहिरहने अठोट गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार