मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

पवनकुमार सेठिया स्मृति क्रिकेट : आर्मीलाई हराउँदै रुपन्देहीले जित्यो एकदिवसीय सिरिज

Ujyalosandeshonline 11086+ समाचार ( )
२५ पौष २०८२, शुक्रबार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि रुपन्देही–११ विजयी भएको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ४९ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको हो । सिरिजको बुधबार भएको पहिलो खेलमा रुपन्देही ८७ रनले विजयी भएको थियो । त्यसअघि भएको दुई दिवसीय टेष्ट पनि रुपन्देहीले जितिसकेको छ ।

शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले मौसमका कारण २८ ओभरमा छोट्याइएको खेलमा २६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि सन्दीप रजालीले ३१, विशाल भुसालले २८, निश्चल ज्ञवालीले १७, मिर्नाल गुरुङ र अमर मिश्राले समान १३, कृष्ण कार्कीले १२ र विप्रसन केसीले १० रन बनाए । बलिङमा आर्मीका पवन कार्कीले ४, अनिश धामीले ३ तथा घनश्याम पाण्डे, पारससिंह धामी र प्रेम गुरुङले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको आर्मी २५ ओभर १ बलमा अलआउट हुँदै १ सय ३ रन मात्रै बनायो । आर्मीलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका कृष्ण कार्कीले ४, विशाल भुसालले ३, विप्रसन केसीले २ तथा सागर गैरेले १ विकेट हात पारे । आर्मीका निर्मल शाहीले ५१, लक्ष्मण परियारले १६ र प्रदीप पेलाले १५ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम पराजित भयो । उसका ५ खेलाडी खातै नखोली शुन्य रनमै आउट भए । रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भई दुई हजार रुपैयाँ प्राप्त गर्दै पुरस्कृत भए ।

नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । दुई दिवसीय टेष्ट सकिएसँगै एकदिवसीय सिरिज चलिरहेको छ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । एकदिवसीय सिरिज सकिएपछि टी–२० सिरिज हुने प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार