मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्वीस सरकारले नेपाललाई ९.०१ मिलियन स्विस फ्र्यांक सहयोग गर्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

काठमाडौं । स्वीस सरकारले नेपालमा पर्यटन प्रवद्धनका लागि लागि ९.०१ मिलियन स्विस फ््रयांक आर्थिक सहयोग गर्ने भएको छ ।अर्थमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत डा. डेनियल मेउलीले पदयात्रामा आधारित पर्यटन परियोजनामा सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यसै वर्षदेखि सुरु हुन लागेको चार वर्षे परियोजनाले कोशी प्रदेशका २९ स्थानीय तहका करिब १ लाख स्थानीयवासीलाई प्रत्यक्ष लाभ पु¥याउने लक्ष्य राखेको छ ।
यस परियोजनाले स्थानीय कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पर्यटन अभ्यासहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा राजदूत मेउलीले आयोजनाले दिगो पर्यटन विकास र स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्न कोसे ढुंगाको रुपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

उनले आयोजनाको कार्यान्वयनले वातावरणमैत्री सामाजिक–आर्थिक प्रगतिमा उल्लेख्य योगदान पुग्ने बताइन् । अर्थमन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले सन् २०२८ सम्म चल्ने यस आयोजनाले १६ वटा पदमार्ग निर्माणका लागि कोसे ढुंगा साबित हुने बताए । यस परियोजनाले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र साना तथा मझौला उद्योगको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार