मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

भरत क्षेत्री र महेन्द्र रेग्मीको मौलिक तीज गीत “छोरीलाई तीज” सार्वजनिक

Ujyalosandeshonline 11467+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

परासी । नेपाली हिन्दु नारीहरुको मूख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । पछिल्लो समय समाजले पचाउनै नसक्ने छाडा प्रकृतिका गीतहरुका कारण सांगीतिक क्षेत्र आलोचित हुँदै गईरहेका बेला तीजका गीतको भीडमा छुट्टै पहिचान छोड्ने गरि “छोरीलाई तीज” नामक मौलिक तीज गीत सार्वजनिक भएको छ । 

तीजका गीतमा भित्रिएको विृकतिका कारण चिन्ता बढिरहेको बेला गायक भरत क्षेत्री र महेन्द्र रेग्मीले मौलिकताले भरिएको तीज गीत छोरीलाई तीज बजारमा ल्याउनुभएको हो । पछिल्लो समय घरपरिवारसँगै बसेर हेर्न र सुन्न नसकिने गीतले बजार तातिरहेका बेला आम नागरिकले अश्लिलता हटाएर मौलिकपना भरिएको गीतको माग गरिरहेको सन्दर्भमा मौलिकता भरिएको छोरीलाई तीज नामक गीत सार्वजनिक गरिएको हो । 

भरत क्षेत्री यूट्युब च्यानलबाट आईतबार सार्वजनिक गरिएको यस गीतमा देवी घर्ति र महेन्द्र रेग्मीको स्वर सुन्न पाईन्छ भने शब्द संगीत महेन्द्र रेग्मीको रहेको छ । भरत क्षेत्री र बिमला न्यौपानेको मूख्य अभिनय रहेको यो गीतको म्युजिक भिडियोको सम्पादन निर्देशक विष्णु भट्टराईले गर्नुभएको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका पूर्व अध्यक्ष समेत रहनुभएका क्षेत्रीले यसअघि पनि करिब आठ वटा मौलिक तीज गीत बजारमा ल्याउनुभएको थियो । गायन र अभियनमा दख्खल राख्ने क्षेत्रीको रचना र अभिनयमा हालसम्म तीन दर्जन बढी दोहोरी तथा तीजका गीत सार्वजनिक भईसकेका छन् । नेपाली लोक दोहारी तथा तीजका गीतमा मौलिकताको संरक्षण र प्रवद्र्धनमा सहयोग हुने गरि आफूले गीत संगीतको रचना गर्दै आएको गायक क्षेत्री बताउनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार