मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

नेता र कलाकारबीचको फुटबल बराबरीमा

Ujyalosandeshonline 11474+ समाचार ( )
२९ माघ २०८०, सोमबार

काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको नेता र कलाकार बीचको फुटबल सोमबार खेल बराबरीमा सकिएको छ ।

फागुन ११ देखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका लागि लागि सातदोबाटोस्थित एन्फा मैदानमा नेता–कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । खेलमा दुवै टिम ३–३ गोलको बराबरीमा रहे । 

मैत्रीपूर्ण खेलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुले बाहिर राम्रो अवसर पाउने हुनाले बाहिरिने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नका लागि नेपालको खेलको स्तर बढाउनुपर्ने बताए ।  

‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसर राम्रो छन्, तर हामीले पनि आफ्नो स्तर बढाउनुपर्छ । आफ्नै राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय टिमको जस्तै खेल्न सक्नेगरि स्तरवृद्धि गर्नुपर्छ । म प्रधानमन्त्री हुँदा पोखरा, जनकपुरमा रंगशालाको निर्माण भएको थियो र खेलाडीहरुको लागि राम्रो वातावरण पनि भएको थियो,’ उनले भने, ‘कसैलाई सुन्न मन लाग्दैन त के गरौ ? तर खेलाडीहरुका लागि पुरस्कारदेखि सबै काम गरेका थियौं ।’ 

उनले आफू मैदानमा भएको भए जुन पोष्ट नजिक छ त्यहीँ गोल हान्ने भन्दै दुईवटै टिम आफ्नै भएको पनि बताए । उनले भने, ‘राजनीतिज्ञहरुले आफूले गोल नहानेर कलाकारहरुलाई जिताउन कस्तो राम्रो भूमिका खेल्नु भयो । म मैदानमा भएको भए कति गोल लाग्थ्यो कति, जुन पोष्ट नजिक छ त्यहीँ हाने भइहाल्यो ।’ 

खेलमा नेताको टिमबाट एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, महेश बस्नेतलगायत थिए भने कलाकारमा धिरेन शाक्य, आकाश श्रेष्ठ, केदार घिमिरेलगायत मैदानमा उत्रेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार