मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्क छु : नेता जबरा

Ujyalosandeshonline 12431+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शमशेर जबराले नेपाली  राजनीतिमा भएको भ्रष्टाचार देखेर वाक्क भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी सबैले यो मुलुकलाई विकासको गतिमा लानको लागि भ्रष्टाचारलाई जडैबाट उखेलेर फाल्नुपर्ने बताए । 

उनले भने, ‘मातृभूमि नेपाललाई निर्माण गर्ने, बनाउने, विकास गर्ने, उच्च पदस्थानमा पुर्याउने संकल्प लिएर बसेको पशुपति शमशेर मात्र हो, तर यतिका वर्ष प्रयास गर्दागर्दै पनि जनताले दुई ठुला पार्टीलाई भोट दिने, यी पार्टी शक्तिमा आउने र  आइसकेपछि उनीहरुले मुलुकको दोहन गर्ने, विकासको सट्टा भ्रष्टाचार गर्ने प्रवृत्ति देखेर म वाक्क र दिक्क छु ।’

यस्तै, यो मुलुक सिता जन्मेको मुलुक भएको भन्दै सिता भनेपछि हाम्रो सम्बन्ध पवित्र महिला भएको बताए । उनले भने, ‘यो  मुलुक त्यो  मुलुक हो , जहाँ सिताको जन्म भयो, सिता भनेपछि हाम्रो सम्बन्ध पवित्र महिला हो, उहाँको नाम लिएपछि नामैबाट आफ्नो पवित्रता सम्पूर्णता हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार