मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिकअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । विश्व मजदुर दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको बताउनु भएको हो ।

प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकको पेशागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको उल्लेख गर्दै यसले विश्वभरिका श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ । 

उहाँले नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको कुरामा जोड दिनुभयो । त्यस्तै, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक प्रावधानको स्मरण गराउँदै उहाँले सबै श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्न समानताको हकले समेत ग्यारेन्टी दिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै प्रदेशको समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले उद्यमशीलताको माध्यमबाट समुदायस्तरमा पूँजीको विकास गर्दै स्थानीय उत्पादनको कार्यमा सबैलाई जोड्न आवश्यक रहेको औंल्याउँदै यस अभियानलाई अघि बढाउन उद्यमी तथा श्रमिक जनशक्तिको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीले आचार्यले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै तिनको कार्यान्वयनमा समेत सक्रियता देखाइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार