मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नागरिकमा भरोसा र भविष्यप्रतिको विश्वास जगाउन हरप्रयास गरेका छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ अशोज २०८१, शनिबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजया दशमी पर्व–२०८१ ले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को साझा संकल्प पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बडादशैं तथा विजयादशमी, २०८१ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरु अगाडि बढाइरहेको बताएका हुन् । ‘नागरिकहरुमा आशा, भरोसा र भविष्यप्रतिको विश्वास जगाउन हरप्रयास गरेका छौँ’शुभकामना सन्देशमा भनिएको छ,‘आफ्नो देशको माटोप्रति प्रेम, नेतृत्वप्रति विश्वास र भविष्यप्रति ढुक्कको वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व हो । यो दायित्व निभाउन प्रदेश सरकार प्रतिबद्ध छ ।’

त्यस्तै मुख्यमन्त्री आचार्यले नेपाली मौलिक साँस्कृतिक पर्वहरुले साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गरे । यसप्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको उनले बताए । ‘यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास लिएको छु’शुभकामना सन्देशमा भनिएको छ,‘विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो ।’

विजयादशमी पर्व घटस्थापनादेखि प्रारम्भ भई कोजाग्रत पूर्णिमासम्म विविध साँस्कृतिक क्रियाकलाप एवं उत्सवका साथ मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गर्दै पारिवारिक जमघट एवं पुनर्मिलन गराई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार