मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ?

Ujyalosandeshonline 11005+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन् । 

सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको उल्लेख छ । भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा पार्किङ जग्गासहित घर छ । सो घरजग्गा स्वर्गीय पत्नी सीता दहालकको नाममा छ ।  उक्त घर र जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ ।

यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन छ । त्यो सुन पनि पैतृक सम्पति भएको विवरणमा छ । तर, २०७३ सालमा प्रधानमन्त्री हुँदा दाहालले बुझाएको सम्पत्ति विवरण र अहिले सार्वजनिक विवरणमा उनको पैतृक सम्पति बढेको देखिएको छ । २०७३ सालमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन देखाएका दाहालले अहिले प्रधामनन्त्री थप १४ कठ्ठा जमिन सम्पत्तिका रुपमा देखाएका छन् । तर, यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन् ।

२०७३ मा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका दाहालको सुन पनि दुई तोला बढेको देखिएको छ । हाल उनको सुन पाँच तोला रहेको र सो सुनलाई पनि दाहालले पैतृक नै भएको उल्लेख गरेका छन् ।

यस्तै, भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख छ भने उनको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेसँगै आज उनीसँगै २२ मध्ये २० मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार