मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज

Ujyalosandeshonline 11005+ समाचार ( )
१ माघ २०८२, बुधवार

भैरहवा । भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गतको टी–ट्वान्टी सिरिजको उपाधि रुपन्देही–११ ले जितेको छ। रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब ‘ए’ लाई ६ विकेटले पराजित गर्दै रुपन्देहीले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो। यसअघि सम्पन्न दुई दिवसीय र एकदिवसीय सिरिजमा पनि रुपन्देहीले आर्मीविरुद्ध ‘क्लिनस्वीप’ गरिसकेको छ।

बुधबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले सबै विकेट गुमाउँदै १ सय १८ रनको मध्यम योगफल तयार गरेको थियो। आर्मीका लागि निर्मल शाहीले ४० रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो। रुपन्देहीको जितमा आकाश त्रिपाठीले अलराउन्ड प्रदर्शन गर्दै अविजित ३९ रन बनाए भने बलिङतर्फ २ विकेट समेत लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए। नेपालमै पहिलोपटक तीनवटा फर्म्याटमा दुई टोलीबीच भइरहेको यो प्रतियोगितालाई सेठिया परिवारले स्वर्गीय बुवा पवनकुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका हुन्। सिरिजको अन्तिम खेल बिहीबार हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार