पोखरामा अवैध विदेशी विनिमय कारोबार, ७५ लाखसहित तीन जना पक्राउ

Ujyalosandeshonline 11021+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पोखरा–१७, बिरौटाबाट उनीहरूलाई ७५ लाख रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रुपन्देहीका रेस्टुरेन्ट व्यवसायी ४५ वर्षीय महुमुद्दिन एम अहमद, हिलारी मनि चेन्जरका सञ्चालक ४५ वर्षीय राजकुमार बुढाथोकी र सगरमाथा मनि चेन्जरका सञ्चालक ४३ वर्षीय खेमराज पौडेल रहेका छन् । प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर १९,६००, युरो ३,२०० र नेपाली ४३ लाख ७३ हजार ७०० रुपैयाँ गरी कुल ७५ लाख ९६ हजार ९०० रुपैयाँ बराबरको नगद बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । उक्त कानुनअनुसार अवैध कारोबारमा संलग्नलाई बिगो जफत गरी तीन गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार