मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

विद्यार्थीको वर्षे बिदाको सदुपयोग : विद्यालयमा नै कम्प्युटर कक्षा सञ्चालन

Ujyalosandeshonline 11005+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले विद्यार्थीको वर्षे बिदालाई कम्प्युटरको सिप प्रदान गरेर सदुपयोग गरेको छ । वर्षे विदाको सदुपयोग गर्दै गाउँपालिकाका सबै माध्यमिक विद्यालयमा वर्षे बिदाको समयमा कम्प्युटर कक्षा सञ्चालन भइरहेका छन् । गाउँपालिकामा रहेका सात वटा माध्यमिक विद्यालयमा गत असार ३० गतेदेखि दैनिक  कम्प्युटर कक्षा सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए । 

हरेक विद्यालयमा दैनिक तीन÷तीन वटा कम्प्युटर कक्षा सञ्चालन भइरहेका उनले बताए । ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई वर्षे बिदाको समयमा दैनिक दुई घण्टा कम्प्युटर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई वर्षे बिदालाई लक्षित गरी १५ दिने कम्प्युटर (अफिस प्याकेज) कक्षा सञ्चालन भइरहेको छ’, उनले भने । 

असार ३० गतेबाट सुरु भएको कम्प्युटर कक्षा साउन १२ गतेसम्म सञ्चालन हुने   शेर्पाले बताए । एउटा माविमा २० वटा कम्प्युटर भएकाले २० जना विद्यार्थीको एउटा समूह बनाएर कक्षा सञ्चालन गरिएको उनले जानकारी दिए । हरेक विद्यालयमा दुई घण्टाका दरले दैनिक तीनवटा कक्षा सञ्चालन गरिएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार