मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो । 

संवैधानिक प्रावधान अनुसार एक महिना अगाडि प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिसदले सिफारिस गर्नुपर्छ । तर राजनीतिक खिचातानीका कारण बैठक नै बस्न नसकेको हो । न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । 

सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत अगाडि छन्। त्यसपछि क्रमस नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम परिषदमा पठाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गरेका थिए । छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले सकेसम्म संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्त गर्न आग्रह गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार