मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

प्रदेशबाट प्राप्त उपलब्धिलाई नजरअन्दाज गरेर धारणा नबनाऔंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11474+ समाचार ( )
१३ माघ २०८१, आइतबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुको बारेमा दुई दलिय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराउनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलिय जिल्ला संयन्त्रको प्रदेश स्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्वोधन गर्दै प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताउनु भयो ।‘प्रदेश सरकार बन्नु अघि र बनिसकेपछी विकासको अवस्था के थियो ? एक पटक फर्खेर हेरौं । अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारलेनै गरेको हो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेशनै हो ।’ योजना निर्माणदेखी कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउनेगरी सरकारले भूमिका बढाएको भनाई उहाँको छ ।‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्लितले अहिले समस्या परेको छ’उहाँले भन्नुभयो,‘आगामी बजेट ३३ देखी ३४ अर्बको हाराहारीमा ल्याउदा प्रदेशले लय समात्छ ।’ 

यस्तै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा सरकारले पुरक बजेट नल्याउने स्पष्ट पार्नु भयो । चालु आर्थिक बर्षको बजेट सहमतीका आध आएको र चालु आर्थिक बर्षमा सरकारले पुरक बजेट नल्याउने बताउनु भएको हो । बैठकमा आएका सुझावहरुलाई सरकारले आत्मसाथ गर्दै सरकारको कामलाई गति प्रदानगर्नेगरी भूमिका बढाइरहेको बताउनु भयो । ‘चालु आर्थिक बर्षको बजेट साझा दस्ताबेज हो । यस बर्ष सरकारले पुरक बजेट ल्याउदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘योजना छनोटमा देखिएका बेथिति रोक्न पाँच लाख भन्दा माथिका योजना प्रतिसपर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनु परेको हो ।’ टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछी यसखाले निर्णय लिनुपरेको भनाइ मुख्यमन्त्री आचार्यको छ । गत बर्षको दायित्व भुक्तानी गर्ने काम भइरहेको जानकारी समेत दिनुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला अध्यक्षहरुले जिल्लाग रिपोर्टीङ्ग गरेका थिए । बैठकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधि सभा सदस्यहरु लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार